नेकपा एमाले बारा जिल्ला कमिटीको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रियामा गएको छ ।
११ औं जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज बिहीबार कलैयामा मतदान हुदैछ । नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि प्रजातान्त्रिक विधि अनुसार मतदान हुने भएको छ ।
मतदानका लागि बुधबार नै उम्मेदवारहरुको मनोनय दर्ता कार्य सम्पन्न भएको छ ।
एमाले बाराको नेतृत्वका लागि प्यानल नै घोषणा गरेर त्रिपक्षीय प्रतिस्पर्दा हुने भएको छ । बुधबार भएको मनोनयपत्र दर्ता गराएकाहरुमा मध्ये दुई वटा प्यानलमा देखिएको छ । भने एउटा स्वतन्त्रहरुको प्यानल नै छ ।
निर्वाचन समितिको अनुसार अध्यक्ष पदमा टिना सुवेदी,अनिल कुमार मैनाली र अध्यानन्द पाण्डेले मनोनय दर्ता गराएका छन ।
यसैगरी टिना सुबेदीको प्यानलमा उपाध्यक्षमा भुलन चौधरी,सचिवमा अमृत शर्मा बजगाई, र दुई उप–सचिवद्धय (खुल्ला)मा जवाहिर अंसारी र उप–सचिव(महिला)मा भावना आचार्यले मनोनय दर्ता गराएका छन ।
यसैगरी अध्यानन्द पाण्डेयको प्यानलबाट उपाध्यक्षमा नारायण प्रसाद गौतम,सचिवमा एम.समिउल्लाह,उप–सचिव(खुल्ला)मा धनिराम चौधरी,र उप–सचिव(महिला)मा कमला घिमिरेले मनोनय दर्ता गराएका छन ।
यसैगरी दुई प्यानलबाहेक स्वतन्त्र समुहबाट अध्यक्षमा मैनाली सहित सचिवमा भिखारी साह बिद्रोही,अर्का सचिवमा मखन पासवानले उम्मेदवारी दिएका छन । यस्तै उप–सचिव(खुल्ला)मा ईन्द्रदेव महतो कोईरी र अमृतलाल श्रेष्ठले उम्मेदवारी दिएका छन ।
नेतृत्व चयनका लागि भएको अधितकम सहमतिको प्रयास भएपनि ठुला नेताहरुकै टसलका कारण प्यानल बनाएर मतदानमा जानुपर्ने अवस्था आएको एमालेजन कार्यकर्ताहरुले बताएका छन ।
घोषण भएका दुई प्यानलहरु मध्ये टिना सुवेदी प्यानल बारा क्षेत्र नम्बर १ का संघीय सांसद र बारा क्षेत्र नम्बर ३ की सांसद एवम् संघीय सरकारकी कृषि मन्त्री ज्वालाकुमारी साहको समुहबाट निर्माण भएको हो भने अध्यानन्द पाण्डेय प्यानल पुर्वमन्त्री एवम नेता पुरुषोतम पौडेलबाट निर्माण भएको एमाले पार्टी स्रोतले बताएको छ ।

