इस्लाम धर्मावलम्बीहरूले हर्सोल्लाहका साथ मनाए इद

साझेदारी दैनिक
341 पाठक संख्या

इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद पर्व विहीवार बारा सहित देशभर हर्सोल्लाहका साथ मनाएका छन ।

इस्लाम धर्मावलम्बीहरू झण्डै एक महिनासम्म रमजान पर्व (रोजा) पूरा गरेको खुसीयालीमा इस्लाम समुदायले इद उल फित्र अर्थात् इद पर्व मनाउने गरेका छन ।

यो दिन मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद (इदगाह)मा गएर नमाज पढ्ने गर्दछ र एक आपसमा खुसीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।

बाराका १६ वटा स्थानीय तहहरुमा रहेका इस्लाम धर्मावलम्बीले विहीवार आफ्ना नजिकका विभिन्न मस्जिद तथा ईदगाहरुमा भेला भएर नवाज पढ्नुका साथै एक महिना लामो रोजा तोडेदै एक आपसमा शुभकामना साटासाट गरेका छन् ।

धार्मिक परम्परामा ईद मुख्य पर्व भएको यो अवसरमा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने तथा वितरण गर्ने चलन छ ।

ईद पर्वका अवसरमा धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको अढाई प्रतिशत रकम कोषमा दिने परम्परा पनि छ ।

प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको कलैया अब्दुलरहिम अन्सारीले साझेदारी दैनिकलाई बताएका छन ।

यसै ईद पर्वका अवसरमा नेपाल सरकारले विहीवर देशभर सार्वजनिक बिदा दिएको छ । ईद पर्वमा प्रधानमन्त्री,राष्ट्रपति लगायतकाले शुभकामना सन्देश समेत दिनुभएको छ ।

Leave a review