वन्यजन्तुको संरक्षण पर्यापर्यटन र आयआर्जन’भन्ने मूल नाराका साथ पर्सा राष्ट्रिय निकुञ्जले आफनो २९ औँ सप्ताहब्यापी कार्यक्रमको छैठो दिन पत्रकारहरुसंग अन्तरक्रिया गरेको छ ।
उसले पर्या पर्यटन सम्बन्धी कलम चलाईरहेका पत्रकारहरुसंग मकवानपुरको मनहरीको प्रतापपुरमा अन्तरक्रिया गरेको छ ।
मधेश प्रदेशको एक मात्र निकुञ्जको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जले बैशाख १ गते देखि सुरु गरेको कार्यक्रम सात गते सम्म चल्ने छ ।
नेपालमा वन्यजन्तु एवं जैविक विविधता संरक्षणको महत्व,यसको उपयोगका लागि जनचेतना अभिबृद्धि गर्ने र स्थानीयलाई आम्दानीसँग जोड्ने उद्देश्य सहित कार्यक्रम गरिएको हो ।
पर्सा राष्ट्रिय निकुञ्जका अनुसार जैविक बिविधता को संरक्षणको लागी चाल्नुपर्ने कदमहरु र यसमा रहेका चुनौतिहरु तथा बन्यजन्तुहरुको संरक्षणका लागी कसरी बन्यजन्तु मैत्रि पुर्वाधारहरु निर्माण गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया भएको हो ।
पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या बृद्धि गर्न सन्छि भन्ने बिषयमा बारा,पर्सा र मकवानपुर जिल्लाका पत्रकारहरुसँग छलफल भएको थियो । पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले मानिस र बन्यजन्तु दुबै अस्तित्व रक्षा गर्ने तरिकाले काम गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले मानिस र बन्यजन्तु दुबै अति आवश्यक भएकाले एक अर्काको अस्तित्व समाप्त हुन नदिनुपर्ने तर्क गरे । पर्सा राष्ट्रिय निकुञ्जबाट प्रबेश गरी चितवन राष्ट्रिय निकुञ्ज गर्न सक्ने र चितवन राष्ट्रिय निकुञ्जबाट प्रबेश गरी पर्सा राष्ट्रिय निकुञ्ज अवलोकन गर्न सक्ने तर्फ आफनो ध्यान केन्द्रित गरेर योजना बनाईरहेको बरिष्ठ संरक्षण अधिकृत खतिवडाले जानकारी दिए ।
संरक्षण अधिकृतहरुको बैठकले यो कुरा पारित भईसकेका कारण कार्यान्वयनतर्फ उन्मुख भएको उनले जानकारी दिए ।
वन्यजन्तु सप्ताहको अवसरमा निकुञ्जले अधाभारमा पहिलो दिन बनमन्त्रीको शुभकामना बाचन,दोस्रो दिन मुख्य राजमार्गको बाटोको छेउमा फालिएको बोतल,प्लास्टिक सरसफाई,तेस्रो दिन हलखोरिया दहमा चरा अवलोकन,चौथो दिन कामनी दहसम्म हात्ती सफारी,पाचौ दिन नेपाली सेना र निकुञ्ज कर्मचारी मिलेर डढेलो नियन्त्रण गर्न फायर लाईन सफाई र छैठो दिन सञ्चारकर्मिहरुसँग अन्र्तक्रिया गरिएको छ ।
सातौँ दिन तथा अन्तिम दिन जनप्रतिनिधिसँग अँतरक्रिया गरी समापन कार्यक्रम हुने पर्सा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सन्तोष भगतले जानकारी दिए ।
२०५३ साल देखि हरेक वर्ष नयाँ वर्षको पहिलो सप्ताहसम्म संरक्षणमा जनसहभागिता जनाउन वन्यजन्तु सप्ताह मनाइँदै आएको छ । वन्यजन्तु सप्ताह केन्द्र सहित सबै संरक्षित क्षेत्रहरूमा मनाइन्छ ।


