कक्षा १२ को वार्षिक परीक्षा आज शुक्रबारदेखि सुरु हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय भक्तपुरद्वारा लिईने परीक्षामा देशभर एकसाथ हुदै छ । यो परीक्षामा बाराबाट सात हजारको हाराहारीमा परीक्षार्थी सहभागी हुने परीक्षा बोर्डले जनाएको छ ।
कक्षा १२ को परीक्षाका लागि बारामा १७ वटा परीक्षा केन्द्र तोकिएको छ । जिल्लाका ६६ वटा विद्यालयका परीक्षार्थी सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाराका प्रमुख हेमराज खतिवडाले बताएका छन ।
परीक्षामा बाराबाट ६ हजार नौ सय ४३ परीक्षार्थी सहभागी हुँदैछन् । भने जसमध्ये नियमितर्फ चार हजार ६ सय ४९ जना तथा दुई हजार दुई सय ९४ जना आंशिकतर्फको परीक्षार्थी रहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।

