करैयामाईको एक चिरान मिलमा बन छापामारी साल,सिसौँ,टिक गरी सय क्युफिट काठ बरामद

रञ्जन यादव
रञ्जन यादव 136 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ मा रहेको एक चिरान मिलमा आईतबार छापामारी गरी करिब एक सय क्युफिट काठ नियन्त्रणमा लिएको छ ।

सव डिभिजन वन कार्यालय मधुबनले स्थानीय पिपरा चिरान मिलामा छापामारी साल जातीका ८ थान,सिसौँका ३ थान,टिक २ थान र साल चिरान १० थान गरी करिब १ सय घनफिट बरामद गरेको हो ।

सव डिभिजन वन कार्यालय मधुबनका बन अधिकृत संजय कुमार चौधरीको कमाण्डमा जनपद प्रहरी,सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकसहित पुगेको टोलीले मिल घेराबन्दी गरी खोजतलास गरेको थियो ।

त्यस क्रममा मिलको छेउछाउँमा रहेको बिभिन्न घर,खेत तथा आँगनको अगाडिबाट बेवारिसे अवस्थामा राखिएको काठ बरामद गरेको थियो ।

फेला परेको काठमा कसैले पनि आफनो भएको दाबी गरेका छैनन् । काठ फेला परेको वरिपरिको घरमा महिला र केटाकेटी मात्र रहेकोले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न नसकिएको जनाईएको छ । रेन्जर अब्दुल करिमका अनुसार उक्त मिल रामधामी कुर्मीको रहेको हो ।

एउटा काटिएको रुखको अनुसन्धान गर्दै जाँदा त्यहाँ फेला परेको साईकलको चक्काको चिन्हलाई पछ्याउँदै जााँदा बिशेष सुराकीको आधारमा काठ बरामद गर्न सफल भएको रेञ्जर करिमले जनाए ।

सत्यतथ्य अनुसन्धान गर्दै जादा काठ बारे थप जानकारी प्राप्त हुने बन अधिकृत चौधरीले जानकारी दिए । बरामद काठ सब डिभिजन बन कार्यालय मधुबनमा राखिएको छ ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review