मोटरसाईकल दुर्घटनामा परी पर्साको पोखरिया नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।
पोखरिया नगरपालिका–९ बैरीयास्थित सडकमा भएको दुर्घटनामा परि ना २८प ९४४३ नम्बरको मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका–१९, केहुनियाका इरफान मियाँको मृत्यु भएको हो ।
मियाँ सवार मोटरसाईकल बैरीयास्थित सडकमा मधेस प्रदेश ०३–०३१ प ९६७५ नम्बरको मोटरसाईकलसंग जुधेको थियो ।
घाईते भएका मियाँलाई उपचारको लागि वीरगञ्ज ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएकोहो । दुर्घटनामा परी घाईते भएका चारजनाको वीरगञ्जको नारायणी र नेशनल मेडिकल कलेज अस्पतालमा उपचार भईरहेको छ ।


