ईप्रका कोल्हबीका प्रनि बस्नेतको स्वागत तथा परिचयात्मक कार्यक्रम

साझेदारी दैनिक
298 पाठक संख्या

धिरेन्द्र पनुहर/

ईलाका प्रहरी कार्यालय कोल्हबी बारामा सरुवा भै आउनु भएको नया प्रहरी निरीक्षक किसन बस्नेतको स्वागत तथा परिचयात्मक कार्यक्रम आईतवार सम्पन्न भएको छ ।

कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीको प्रमुख आतिथ्य सम्पन्न भएको कार्यक्रमको विशिष्ट अतिथिहरुमा करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव उपाध्यक्ष सुनैनादेवि चौधरी लगायत कोल्हबीका वडा नम्बर १ देखी ११ सम्मका वडा अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

यस्तै सोही कोल्हबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल,तामागढी सझेदारी बन समितिका अध्यक्ष रबिन्द्र पनुहर,कोल्हबी नगर उधोग बाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद जयसवाल,महासचिव शम्भु साह,नेपाली कांग्रेस कोल्हबी नगर कमिटीको सभापति बिरेन्द्र प्रसाद चौधरी,नेकपा माओवादी केन्द्र कोल्हबी नगर कमिटी अध्यक्ष रामचन्द्र साफी,नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य भुवन चौधरी नगर कमिटी अध्यक्ष जयप्रकाश चौधरी, लोसपाका कोल्हबी नगर कमिटी अध्यक्ष हरिचन्द्र पनुहर,सपही कलेजका अध्यक्ष ढुन्डिराज उप्रेती,सपही कलेजका प्रमुख दिनेश अधिकारी,निवर्तमान मेयर भरत बहादुर भण्डारी,तपेश्वर राय थारु,जन शक्ति क्लब कोल्हवीका अध्यक्ष खुशी चौधरी लगायतको समेत उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा उपस्थित जनसमुदायहरुले नया प्रहरी निरीक्षकनेतलाई स्वागत तथा सफल कार्यकालको लागि शुभकामना ब्यक्त् गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक बस्नेतले आफू यस कोल्हबी ईलाकाका जनताहरुलाई शान्ति सुरक्षा,अमनको अनुभुति हुनेगरी काम गर्ने प्रतिबद्दता व्यक्त गरेका छन । यस क्षेत्र हुने तस्करी नियन्त्रणमा हरपल तैनाथ रहेर कार्य गर्ने बताए ।

उक्त कार्यक्रमको सहजीकरण कोल्हबी नगर उधोग बाणिज्य संघका सस्थापक अध्यक्ष महेश कुमार साहले गर्नुभएको थियो ।

Leave a review

This will close in 0 seconds