रौतहटको चन्द्रपुर नगरपालिकाका त्कालीन नगर प्रमुख रामचन्द्र चौधरीलाई ४ वर्ष कैद सजाय हुने भएको छ ।
राजस्व चुहावट गरेको अभियोगमा अख्तियार दुरुपयो आयोग अनुसन्धान आयोगले चौधरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा विशेष अदालतले चौधरीलाई ४ वर्ष कैद र ३७ लाख ३४ हजार १९८ रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।
चौधरीसँगै आशिक कन्स्ट्रक्सनका सञ्चालक राम विनोद राउत बरैलाई पनि ४ वर्ष कैद र ३७ लाख ३४ हजार १९८ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।
उनी विरुद्धको फैसलामा विशेष अदालतले यस्तो निर्णय गरेको हो ।सो मुद्दामा विशेष अदालतले उनलाई ४ वर्ष कैद र ३७ लाख ३४ हजार १९८ रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।
चौधरीसँगै आशिक कन्स्ट्रक्सनका सञ्चालक राम विनोद राउत बरैलाई पनि ४ वर्ष कैद र ३७ लाख ३४ हजार १९८ रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।
यसैगरी विशेष अदालतले राजस्व चुहावटमा मिलेमतो देखिएको भन्दै चन्द्रपुरकै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देललाई पनि २८ लाख २२ हजार जरि वानासहित ४ वर्ष कैदको सजाय हुने फैसला गरेको थियो ।
अर्का प्रतिवादी तत्कालीन लेखा अधिकृत कीर्तिराज सुवेदीले सफाई पाएका छन् । उनीहरुले आपसी मिलेमतोमा स्थानीय चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन तथा बिक्री गर्दा ५५ लाख २ हजार १९८ रुपैयाँ राजस्व चुहावट गरेको ठहर विशेष अदालतले गरेको छ ।


