जीतपुरसिमराका किसान राहतको लागि सिँचाई बिद्युतीकरण कार्यक्रम

रञ्जन यादव
407 पाठक संख्या

हरेक बर्ष खडेरीले सास्ती खेपिरहेका किसानहरुको राहतको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले खेत खेतमा सिँचाई बिद्युतिकरणको कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

नेपाल बिद्युत प्राधिकरण काठमाडौँ र उपमहानगरपालिकाको साझेदारीमा कार्यान्वयनमा आएको सिँचाई बिद्युतिकरण कार्यक्रमको कुल लागत ३ करोड ७५ लाख रुपैयाको लागत निर्धारण गरिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.१७,१८,१९,२० र २४ मा सिँचाई बिद्युतिकरण हुन लागेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

जसमा ३ करोड रुपैया उपमहानगरपालिकाले ( ८० प्रतिशत )र ७५ लाख (२० प्रतिशत )नेपाल बिद्युत प्राधिकरणले ब्यहोर्ने नेपाल बिद्युत प्राधिकरणको कार्यालय कलैयाका प्रमुख ईन्जिनीयर ऋषि कुमार बरनवालले जानकारी दिनुभयो ।

कार्यक्रमलाई कार्यान्वयनको लागि जेठ १६ गते नेपाल बिद्युत प्राधिकरण बितरण तथा ग्राहक सेवा निर्देशनालय,मधेश प्रदेश जनकपुरले बोलपत्र समेत आहवान गरिसकेको छ ।

Leave a review