प्रसौनी गाउँपालिकामा खुल्ला रक्तदान कार्यक्रम, एक सय ५७ जनाले गरे रक्तदान

साझेदारी दैनिक
साझेदारी दैनिक 419 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

लकडाउनका कारण रक्त अभाव देखिएकाले बाराको प्रसौनी गाउँपालिकामा शनिवार आकस्मिक खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बिश्वमा महामारी को रुपमा फैलिएको कोरोनाका कारण विगत पाँच महिनादेखि लागेको लकडाउनको कारण वीरगञ्ज स्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । रगत सङ्कलनका लागि सबैभन्दा महत्वपूर्ण माध्यम मानिने रक्तदान कार्यक्रमहरु हुन नसकेपछि रगतको आभाव भएको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ ।

रक्त आभावलाई मध्यनगर गर्दै प्रसौनी गाउँकापलिकामा जनता समाजबादी पार्टी नेपाल, प्रसौनीको आयोजनामा तथा न्यू स्टार नेशनल यूवा क्लब प्रसौनीकोे सहकार्यमा उक्त रक्तदान कार्यक्रम भएको हो ।

गाउँपालिकाको वडा नम्बर ४ खुटवाजब्दी बथानी चौकमा आकस्मिक गरिएको खुल्ला रक्तदान कार्यक्रम एक महिला सहित एक सय ५७ जनाले रक्तदान गरेका छन ।

कार्यक्रमको उद्घाटन प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ता, गरेका थिए । सो अवसरमा उपाध्यक्ष गिता साह, वडा नम्बर ४ का वडा अध्यक्ष आनन्द गुप्ता, वडा नम्बर ३ का वडा अध्यक्ष बैजु गुप्ता, वडा नम्बर २ का वडा अध्यक्ष सुरेश गुप्ता, रक्तसंचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेको उपस्थिति रहेको थियो ।

कार्यक्रम न्यू स्टार नेशनल यूवा क्लबका अध्यक्ष सुबाश गुप्ताको सभापतित्वमा आयोजित कार्यक्रममा रक्तसंचार केन्द्र वीरगंजको प्राविधीक टोलिले सहयोग उपलब्ध गराएको थियो ।

समाचार शेयर गर्नुहोस
Leave a review