सुनको मूल्य स्थिर,चाँदी रु १५ ले घट्यो

रासस
295 पाठक संख्या

काठमाडौँ,२६ असार । स्थानीय बजारमा आज मङ्गलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक लाख ४४ हजार १०० कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला रु एक लाख ४३ हजार चार सय कायम भएको छ ।

चाँदीको मूल्य रु १५ ले घटेर एक हजार रु आठ सय ७० मा किनबेच भइरहेको महासङ्घले बताएको छ ।

मङ्गलबार चाँदी प्रतितोला रु एक हजार आठ सय ८५ मा खरिदबिक्री भएको थियो ।

TAGGED:
Leave a review