जीतपुरसिमरा वडा नम्बर १ को अब आफ्नै कार्यालय भवनबाट संचालन हुने

रञ्जन यादव
263 पाठक संख्या

बर्षौं देखि भाडामा सञ्चालन हुँदै आएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ को कार्यालय अब देखि आफनो भवनमा सञ्चालन हुने भएको छ ।

सोमबारदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह हुने जनाईएको छ । वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङले एक सूचना जारी गर्दै असार ३१ गतेदेखि वडा कार्यालयको सेवा प्रवाह नयाँ भवनबाट हुने जानकारी दिएका छन् ।

२०७४ सालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचनपछि पथलैया र सिमराका नागरिकलाई पायक पर्ने गरी हुलास नजिकै कार्यालय स्थापना गरिएको थियो ।

नेपाल अपांग सेवा संघ र मनोकामना मन्दिरको बीचमा निर्माण भएको भवनबाट सेवा प्रवाह हुने सूचनामा जनाईएको छ ।

यसअघि सिमरा र पथलैयाको बीचमा पर्ने हुलासस्थित एक घरमा वडा कार्यालय संचालन हुँदै आएको थियो ।

Leave a review