कर्तव्य ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ

साझेदारी दैनिक
293 पाठक संख्या

कर्तब्य ज्यान मुद्दाका फरार एक जना प्रतिबादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

उसले पर्सा पकहामैनपुर गाउँपालिका वडा नं. ४ धोबियाटोल बस्ने ४० वर्षीय समसोदिन मियाँलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मियाँले आफनै टोलका नसुरदिन मियाँको घरमा सोरियम खातुनलाई कुटपिट गरी ०७६ साल असोज २९ गते हत्या गरी फरार भएका थिए ।

उनलाई उनकै गाउँघरबाट पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

पक्राउ परेका उनी बिरुद्ध ज्यान सम्बन्धी कसूर मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

Leave a review