Sajhedari Daily
Latest News from Nepal

सालको चिरान काठ सहित टाँगा र घोडी बरामद

Top Aside Banner

रञ्जन यादब/
बारा प्रहरीले सालको चिरान काठ सहित टाँगा र घोडी बरामद गरेको छ ।विशेष सुचनाको आधारमा आज बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त काठ बरामद गरेको हो ।

कलैया उपमहानगरपालिका वडा नं.२७ सिसवा महेशपुर स्थित सडकमा जैतापुर तर्फबाट तस्करहरुले घोडि सहितको टाँगामा काठ ल्याईरहेका प्रहरीले जनाएको छ ।

टाँगामा सालको चिरान काठ लिई आउने काठ तस्करले प्रहरी टोलीलाई देखेर उक्त घोडी सहितको टाँगा र काठ छाडी फरार भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

टाँगामा प्रहरीले आँठ थान चिरानको काठ १० क्युफिटको फेला पारेको छ । सालको काठ र घोडी सहितको टाँगा आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय कलैया, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।