संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघीय निजामती कर्मचारी ऐन छिटै ल्याउने बताएका छन ।
गृह जिल्ला आयोजित एक कर्याक्रममा बोल्दै मन्त्री गुप्ताले ८ वर्षदेखि विवादित हुँदै आएको संघीय निजामती कर्मचारी ऐन अबको २ महिना भित्र पारित गरिने बताएका छन ।
नेकपा एमाले पर्साले मंगलवार गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले कर्मचारी सरुवामा देखिएको समस्या समाधान गर्ने बताएका छन । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवालाई नियंन्त्रण गरी एक कार्यालयमा एक वर्षसम्म कामकाज गर्ने गरि ऐन पनि गरिने बताएका छन ।
उक्त कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री प्रमोद जैसवाल,प्रदेश सभा सदस्य बिना जयसवाल,जिल्ला कमिटी अध्यक्ष विशम्बर शर्मा,उपाध्यक्ष एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता लगायतको उपस्थिति रहेको थियो ।


