म्याद नाघेका चार सय बयासी क्यारेट पेप्सी,डियु र स्प्राईट प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
377 पाठक संख्या

बारा प्रहरीले म्याद नाघेका चार सय ८२ क्यारेट पेप्सी,डियु र स्प्राईटलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १ राजदेवी टोल बस्ने अमित केसरीको नाममा दर्ता रहेको र सोही स्थानमा सञ्चालन गरेको केसरी एण्ड केसरी सन्स ईम्पेक्स स्प्राईट,डियू र कोकोकोला समेतको डिलरबाट एक्सपाएर भएको पेय पदार्थहरू बिक्री बितरण हुदैछ भनि विशेष सूचनाको आधारमा शनिबार जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक जटाशंकर यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले छापामार्दा पेप्सी,स्प्राईट,माउण्टेन डियू,सेभेन अफ,सलाईस र मिरिन्डा समेत गरी ४ सय ८२ क्यारेट पेय पदार्थलाई नियन्त्रणमा लिइएको हो ।

११ हजार ५ सय ६८ बोतल पेय पदार्थ अन्दाजी आठ लाख १९ हजार चार सय रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

उक्त पेय पदार्थका बोतलहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरी निरीक्षक जटाशंकर यादवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएका छन् ।

Leave a review