मंगलबार कोल्हवी नगरपालिकामा सार्वजनिक विदा

साझेदारी दैनिक
258 पाठक संख्या

बाराको कोल्हवी नगरपालिकामा आज मंगलवार अर्थात भदौ ४ गते सार्वजनिक विदा दिईएको छ ।

नगरपालिकाले कार्यालयमा कार्यरत कर्मचारीको निधनले मंगलबार शोक विदा दिएको हो । कोल्हवी नगरपालिकाले सोमबार एक प्रेस विज्ञप्ती जारी गरी शोक विदा दिएको जनाईएको छ । नगरपालिका अन्तर्गत मतहतका क्षेत्रमा विदा दिएको हो ।

कोल्हवी नगरपालिकामा प्राविधिक शाखा कार्यरत सव–ईन्जिनियरको रुपमा विवेक कुमार चौधरीको आइतबार भदौ २ गते राती निधन भएको थियो । नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले सव–ईन्जिनियर चौधरीको निधनमा मंगलबार एक दिन शोक बिदा दिने निर्णय गरेको हो ।

मंगलबार एक दिन पालिकाभित्र शोक बिदा दिइने नगर प्रमुख रामप्रसाद चौधरीद्धारा जारी सूचना प्रकाशित भएको छ । नगरपालिकाले सोमबार निकालेको शोक विदाको सूचनामा भनिएको “ चौधरी आइतवार राती असामहिक निधन भएको खबरले सम्पूर्ण कोल्हवी नगरपालिका परिवारलाई स्तब्ध बनाएको छ ।

यस दुःखद घडीमा मृत आत्माको चीर शान्तिको कामना र शोकसन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दै विज्ञप्ती जारी गरीएको छ ।

मंगलबारका दिन शोक बिदा दिईएको हुदाँ नगर कार्यपालिकाको कार्यालय साथै मातहतका वडा कार्यालयहरु तथा अन्य (अत्यावश्यक सेवा प्रदान गर्ने स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरु बाहेक) बन्द रहने व्यहोरा सम्वन्धित सबैमा सूचित गरिन्छ । भनी सूचनामा उल्लेख गरिएको थियो ।

Leave a review

This will close in 0 seconds