रञ्जन यादब/
निजगढ स्थित फाष्ट ट्रायकको जंगलबाट शसस्त्र प्रहरीले दुई नाले घरेलु भरुवा बन्दुक दुई थान बरामद गरेको छ ।
सुरक्षा बेस रत्नपुरी लाल बाराबाट सशस्त्र प्रहरी नायब निरिक्षक नारायण प्रसाद अधिकारीको कमान्डमा खटिएको टोलीले दुई नाल घरेलु भरुवा बन्दुक दुई थान बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक रबिनराज कर्णजितले बताएका छन ।
फास्ट ट्रयाक निर्माण भईरहेको जंगलमा सशस्त्र प्रहरीको टोली पैदल गस्ती गरिरहेको थियो । टोलीले गस्ती गर्ने क्रममा दुई जना ब्यक्तिहरु शंकास्पद गतीबिधि गरिरहेकोको देखेपछि शंका लागि नजिक जान लाग्दा उनीहरु बन्दुक छाडेर फरार भएको प्रहरी सशस्त्र प्रहरी नायब उपरिक्षक निरञ्जन भण्डारीले बताए ।
सशस्त्र प्रहरीले बरामद दुई थान बन्दुक आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको छ । प्रहरीले फरार भएका दुई जना मानिस सिकारी भएको र उनीहरु जंगलमा बन्यजन्तुको सिकार गर्न आएको आशंका गरेको छ ।