जीतपुरसिमराको शिक्षा क्षेत्र योजना निर्माण सम्बन्धि कार्यशाला

रञ्जन यादव
288 पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा क्षेत्र योजना निर्माण सम्बन्धि कार्यशाला सिमरामा सम्पन्न भएको छ ।

कार्यशालामा बिभिन्न सामुदायिक बिद्यालयका प्रधानध्यापक,राजनितीक दलका प्रतिनिधि र शिक्षा प्रेमीहरुको उपस्थिती रहेको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजना र गैह«सरकारी संस्था पि.पि.सि.धनुषाको सहकार्यमा भएको कार्यक्रममा उपमहानगरपालिकाको शिक्षालाई फलदाई,उपलब्धीमुलक र गुणस्तरीय बनाउँने बिषयमा छलफल भएको थियो ।

बिद्यालयको सिकाइलाई अघि बढाउन पालिका,विद्यार्थी,अभिभावक,शिक्षक,विद्यालय र अन्य सरोकारवालाको भूमिका देखिने गरी योजना बनेमा त्यसले संक्रमणकालीन अवस्थामा समेत शिक्षण सिकाइमा निरन्तरता प्रदान गर्ने उपमहानगरपालिकाको उपप्रमुख भोला प्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा माहाशाखा प्रमुख शिवजी प्रसादले शिक्षा क्षेत्र योजना निर्माण सम्बन्धि प्राबिधिक बिषय बस्तुको बिषयमा बताएका थिए । शिक्षण सिकाइका लागि चाहिने कौशलता, अनुगमन र मूल्याङ्कनका तरिका र आगामी दिनमा स्रोत नेतृत्वको आफ्नै अगुवाइमा प्रभावकारी शिक्षण सिकाइ व्यवस्थापनलाई कसरी अघि बढाउने भन्ने विषयमा कार्यशाला केन्द्रित हुने पि.पि.सि. कि अधिकृत सरस्वती खरेलले जानकारी दिईन् ।

शिक्षा क्षेत्र निर्माणमा प्राबिधिक बिषयगत समिति गठन,योजना तर्जुसंग सम्बन्धि अवधारणा,स्थानीय परिवेशको आवश्यकता पहिचान गरी पुर्व निर्माण गरिएको उपमहानगरपालिकाको आवधिक योजनाका बिषयमा छलफल,बिषयगत क्षेत्रको मस्यौदा लेखन कार्य र नगर स्तरीय शिक्षा समितिबाट स्वीकृती गर्ने कार्य हुनेछ । कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत हरिष भट्टले गरेका थिए ।

Leave a review

This will close in 0 seconds