बारा : बाराको सिमरामा ४५ औं विश्व पर्यटन दिवस मनाईएको छ। पर्यटन,न्याय र शान्ति मूल नाराको साथ सो दिवस शुक्रबार मनाइएको हो।
काठमाडौँबाट पहिलो आउने हवाईजहाजका यात्रुहरुलाई खाजा,खाँदा र रुद्राक्षको मालाले स्वागत गर्ने कार्यक्रम राखिएपनि मौसम प्रतिकूलताको कारण यो कार्यक्रम रद्ध गरिएको होटल तथा पर्यटन ब्यवसायी मोहन शर्मा लामिछानेले जानकारी दिए।
पर्यटन दिवसकै अवसरमा बिमानस्थलमै गरिएको लक्की ड्र प्रतियोगितामा एक जनाले बुद्ध एयरलाईन्सका र एक जनाले यती एयर लाईन्सका टिकट जितेका थिए।
काठमाडौँ यात्रा गर्न टिकट लिएका यात्रुहरुमध्ये गरिएको गोला प्रथामा दुई जनालाई हवाईजहाज टिकट निशुल्क गरिएको हो।
विहानको हवाईजहाज अबिरल बर्षा र फिजिबिलिटीको कारण सिमरा बिमानस्थलमा अवतरण गर्न सकेन् । आयोजकले हवाईजहाजको पाईलट र काठमाडौँबाट फर्किने क्रममा पहिलो आउँने यात्रुलाई दिन राखेको मायाको चिनो सिमरा बिमानस्थलका प्रमुख सूर्य खत्रीलाई हस्तान्तरण गरिएको थियो।
बाराका होटल ब्यवसायीहरुले बिश्व पर्यटन दिवसको अवसरमा होटल,खाना र घुमफिरमा बिशेष छुट दिएका छन् ।


