पोखरिया अस्पतालमा धर्ना सातौ दिनमा प्रवेश

राम मण्डल
357 पाठक संख्या

वीरगञ्ज : पर्साको पोखरिया अस्पतालको स्तरोन्नति लगायत बिभिन्न माँग गर्दै लगातार सातौे दिन अस्पताल परिसरमा दुई घण्टा धर्ना दिइएको छ।

राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउनु पर्ने,नगरपालिकाको जगतपुर टोलमा रहेको बर्थिङ सेन्टरको भवन लगायतका अधुरो योजनाहरू पुरा गर्नुपर्ने,मालपोत,भुमिसुधार,नापी लगायतका कार्यालयहरू पोखरियामा स्थापना गर्नुपर्ने लगायतका माँग राख्दै धर्ना दिइरहेको हो ।

सो धर्ना गत आईतबारदेखि शुरु भएको थियो । प्रदेश सरकारका मुख्यमन्त्री वा संघीय सरकारका मन्त्री नआए सम्म आफुहरुको धर्ना जारी रहने राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका केन्द्रिय सदस्य नेजामुदिन समानीले बताए ।

अस्पताल भवन निर्माण,नगरपालिकाको जगतपुर टोलमा रहेको बर्थिङ सेन्टरको भवन लगायतका अधुरो योजनाहरू पुरा गर्नुपर्ने,मालपोत,भुमिसुधार,नापी लगायतका कार्यालयहरू पोखरियामा स्थापना गर्नुपर्ने लगायतका माँगहरु पार्टीले अगाडि सारेको छ।

Leave a review