पर्सामा चाडपर्वको लागि तालिम प्राप्त कुकुर सहितको चेकिङ कार्य सुरु

साझेदारी दैनिक
474 पाठक संख्या

वीरगञ्ज : पर्सा प्रहरीले चाडपर्वलाई लक्षित गरी तालिम प्राप्त कुकुर सहितको चेकिङ कार्यको थालनी गरेको छ ।

तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकमा मंगलबार जाँच गरेको थियो ।

बढ्दो चोरी तस्करी,लागु औषध ओसार पसार नियन्त्रण,अपराधिक गतिविधिलाई निरुत्साहित पार्न यस्तो गरिएको हो।

चाडपर्वलाई लक्षित गरी तालिम प्राप्त कुकुर सहित जाँच गरिएको पर्सा प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक रमेश कुमार तिमिल्सिनाको कमाण्डमा तालिम प्राप्त डग स्न्यापिङ सहितको चेकिङ कार्य बिहान नौ बजेदेखि दस बजे सम्म एक घण्टाको लागि जाँच गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a review