जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियामा रहेको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियामा ५ सय ८ जनालाई पोशाक बितरण गरिएको छ ।
बिद्यालयमै पुगेर नगर प्रमुख राजन पौडेलले कक्षा १ देखि ५ कक्षा सम्म पढ्ने बिद्यार्थीहरुलाई पोशाक बितरण गर्नुभएको हो ।
नगर प्रमुख पौडेलले कपडा अभावमा पढाइबाट कोहि पनि वञ्चित हुन नपरोस् भन्ने हेतुले पोशाक बितरण गर्ने कार्यलाई आफुले प्राथमिकताको साथ अघि बढाएको बताएका छन ।
विद्यालयमा अध्ययनका लागि आउने छात्रछात्राहरू समान भएको र जात, जाति, धनी वा गरिब कोही नभई अध्ययनको लागि आउने सम्पूर्ण विद्यार्थी भएकोले सो को अनुभूति पोसाकले नै गराउँने तर्क गरे ।
नगर प्रमुख पौडेलले जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखको रुपमा कार्यभार सम्हालेको दिन गरेको पहिलो निर्णय नै सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई निःशुल्क पोशाक बितरण गर्ने रहेको अवगत गराए ।
सोहि अनुसार हरेक सामुदायिक बिद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्मका बिद्यार्थीहरुलाई निशुल्क पोशाक बितरण भईरहेको जानकारी दिए । त्यस्तै वडा नं.५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीले वडा बजेटबाट कक्षा ५ सम्ममा अध्ययनरत बिद्यार्थीहरुलाई निशुल्क ट्रयाकसुट बितरण गर्ने उद्घोष गरे ।
चिसो मौसम आईरहेका कारण चिसोबाट बच्न ट्रयाक सुट बितरण गर्न लागेको जानकारी दिए । प्रत्येक विद्यार्थीलाई जीतपुरसिमरा उपमहानगरपालिकाले ९ सयको दरले पोशाकको लागि रकम उपलब्ध गराएकोले सोही रकम बाट पोशाक खरिद गरेर ५०८ जना विद्यार्थीलाई पोशाक बितरण गरिएको प्रधानध्यापक धन्नजय गौतमले बताए ।
उक्त पोशाक बितरण कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका सदस्य कृष्ण चौधरी,वडा सदस्य इन्दल पासवान लगाएत अभिभावखरुको उपस्थिति रहेको थियो।
जीपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले निर्वाचित भएको बेला सपथ लिने बेला सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई निःशुल्क पोशाक बितरण गर्ने प्रतिबद्धता गरेका छन् ।

