वीरगञ्जको तीन स्थानमा भयो रक्तदान

राम मण्डल
284 पाठक संख्या

वीरगञ्ज : वीरगञ्जको तीन स्थानमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वीरगञ्जका बिभिन्न स्थानमा भएको कार्यक्रममा कुल दुई सय ४४ जनाले रक्तदान गरेका हुन्।

नेपाल निर्माण व्यवसायी संघ पर्साले वीरगन्ज–१३ राधेमाई स्थित संघको कार्यालय परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय ६१ जनाले रक्तदान गरेका थिए।

जसमा तीन जना महिलाले रक्तदान गरेका हुन्। नेपाल निर्माण ब्यवसायी संघ पर्साका अध्यक्ष सुरेशप्रसाद कुर्मीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो। यसैगरी वीरगञ्जको घण्टाघर चोकमा क्रियाशील युवा पत्रकार मञ्च नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रममा छ जना महिलाले रक्तदान गरेका छन्। दिपावली तथा छठ पर्वको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा युनिभर्सल युनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन्।

जसमा चार जना महिला रहेका थिए। रक्तदान कार्यक्रममा वडाध्यक्ष सन्जिव छत्कुली,कांग्रेस नेता शिव ओम लामिछाने,वीरेन्द्र प्रसाद यादव लगायतकाको सहभागिता रहेको थियो ।

तीनवटै कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राबिधिकहरुले प्राबिधिक सहयोग गरेका थिए।

Leave a review

This will close in 0 seconds