जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले ५०% अनुदानमा गहुँको उन्नत बीउको उपयोग गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ।
उपमहानगरले सोही कार्यक्रम अन्तर्गत कृषकहरूलाई उन्नत बीउ प्रयोग गरेर आफ्नो उत्पादन वृद्धि गर्ने अवसर प्रदान गरिने जनाईएको छ ।
कृषि विकास शाखाले यसका लागि इच्छुक कृषकहरू वा कृषक समूहहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ।
आवेदन दिन चाहनेहरूले २०८१ साल कार्तिक ११ गतेदेखि कार्तिक २५ गतेभित्र कृषि विकास शाखामा आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न कृषि बिकास शाखाका अधिकृत अनिष प्याकुरेलले सूचना जारी गरेर कृषकहरुलाई अनुरोध गरेका छन ।
यो कार्यक्रम साना तथा मझौला कृषकहरूलाई लक्षित गरिएको छ जसले उन्नत बीउको प्रयोगबाट आफ्नो उत्पादन क्षमतामा वृद्धि गर्न सक्ने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
इच्छुक कृषकहरूले कृषि विकास शाखामा प्रस्ताव बुझाउन जानकारी गराईएको छ ।


