बड्निहारबाट २ थान काठको गोलिया बरामद

रञ्जन यादव
216 पाठक संख्या

पर्सा : पर्सा जिल्लाको बड्निहारबाट २ थान साल काठको गोलिया बरामद भएको छ ।

पर्सागढी नगरपालिकाको वडा नम्बर ३ बड्निहारको बनक्षेत्रमा गोलिया बनाएर राखिएको अवस्थामा २१ क्युफिटको काठ बरामद भएको डिभिजन बन कार्यालय पर्साका डिभिजन बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

बिन्दाबासनी कोईलाभार बडनिहार साझेदारी बन उपभोक्ता समुह र सब डिभिजन बन कार्यालय बड्निहारबाट गएको बन गस्ती टोलीले काठ बरामद गरेको हो ।

बिशेष सुचनाको आधारमा गएको टोलीले बरामद गरेको उक्त दुई थान काठको गोलियालाई सब डिभिजन बन कार्यालय कार्यालय बड्निहारको नियन्त्रणमा राखिएको बिन्दाबासनी कोईलाभार बडनिहार साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष मोहम्मद रिजवानुल हक अंसारीले जानकारी दिए ।

बरामद काठको सम्बन्धमा थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।

Leave a review

This will close in 0 seconds