गढीमाई मेलामा पशु वलिको मार हान्ने हतियार खुल्ला रुपमा प्रदर्शन गर्न वा बोक्न नपाईने

साझेदारी दैनिक
405 पाठक संख्या

कलैया : बाराको महागढीमाई नगरपालिका वड नम्बर १ बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई मेला चलिरहेको छ ।

मेला अन्तरगत नै गढीमाई मन्दिर विश्वकै सवैभन्दा बढि पशु बलि दिने गरिदै आएको छ । मेलामा राँगा र बोकाको बलि दिईने चलन छ ।

मंसिर १ गते देखि मसान्तसम्म लाग्ने पञ्चवर्षिय गढीमाई मेला शुरु भएको छ। मेलामा चढाइने पशु वलिको लागि मारकले मार हान्ने हतियार खुल्ला रुपमा प्रदर्शन वा बोक्न नपाईने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले शुक्रवार एक विज्ञप्ती निकालेर गढीमाई मेलामा हतियार प्रर्दशन गर्न रोक लगाएको हो । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जारी गरेको विज्ञप्ती यस्तो आदेश गरिएको छ ।

मेलामा कुनै पनि व्यक्ति/मारकले बली चढाउनका लागि मार हान्न प्रयोग हुने तरवार,घुँडा,खुकुरी,चक्कु जस्ता हतियारलाई खुल्ला रुपमा प्रदर्शन गर्न,वोक्न वा जनजीवनलाई हतियार देखाई आतंकित पार्न नपाईने विज्ञप्तीमा उल्लेख छ ।

यसैगरी प्रशासन जारी योयस सूचनाको अवज्ञा गरेको पाईएमा उक्त हतियार जफत गरी त्यस्ता व्यक्ति उपर प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी सहित प्रजिअ बसन्त अधिकारीद्वारा जारी सूचनामा जनाइएको छ।

यता गढीमाई मेलामा ड्रोन क्यामरा उठाउन समेत स्थानीय प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले शुक्रवार एक सूचना जारी गर्दै यसरी रोक लगाईएको हो ।

Leave a review

This will close in 0 seconds