जीतपुरसिमरा उपमहानगरपालिकाले ५० हजार भन्दा बढीको लिखतको कागजात वडा कार्यालयमा दर्ता गर्न आहवान

साझेदारी दैनिक
साझेदारी दैनिक 628 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
जीतपुरसिमरा उपमहानगरपालिकाले ५० हजार भन्दा बढीको लिखतको कारोबार गर्नेलाई अनिवार्य रुपमा कागजपत्र वडा कार्यालयमा दर्ता गर्न आहवान गरेको छ । बिभिन्न प्रकारका घरसारका लिखतहरु बनाई रुपैया लेनदेनको गर्दा यस्तो नियम लगाएको हो ।

५० हजारभन्दा बढी कारोबारको लिखत जस्तै कपाली तमसुक ,बैना बटा ,भरपाई जस्ता कुनै पनि कागज लिनेदिने दुबै पक्ष कागज भएकोमा वडा समितीको कार्यालयबाट सक्कल लिखत प्रमाणित गराउँनुपर्नेछ ।

त्यस्तो नगरिएको लेनदेन कागजले कानुनी मान्यता प्राप्त गर्न नसक्ने उपमहानगरपालिकाको कानुन अधिकृत अस्मिता सिटौलाले जानकारी दिनुभयो । उपमहानगरपालिकाले आफनो २४ वटै वडालाई यस्तो नियमको परिपालना गराउन पत्रचार गरेको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review