कलैयामा ३७ औ विश्व एड्स दिवस मनाईयो

साझेदारी दैनिक
193 पाठक संख्या

कलैया : बाराको कलैयामा आईतबार ३७ औं विश्व एड्स दिवस मनाईएको छ ।

‘एड्स अन्त्यका लागि सबैको सुनिश्चितता गरौँ’ भन्ने नाराका साथ कलैया स्थित भरत चोकमा मनाईएको हो ।

ब्लु डाईमण्ड सोसाईटीको सहयोगमा ब्लु हेभेन नेपाल बाराले उक्त दिवस मनाएको हो ।

उक्त अवसरमा आयोजित कोण सभामा महिला अधिकारकर्मी बबिता जयसवाल,निभा सिंह लगायतकाले मन्तब्य व्यक्त गरेका थिए ।

ब्लु हेभेन नेपाल बाराकी पुर्णिमा श्रेष्ठको अध्यक्षता भएको उक्त कार्यक्रममा आयोजक सस्थाका रशमी थापा,अञ्चला चौधरी,रेणु मनान्धर,मुनी साह,सरोज कुमार ठाकुर,दिनेश यादव,बिरबाबु कुशवाहा,महेश प्रसाद साह,सत्येन्द्र साह,लगायतको सहभागिता रहेको थियो ।

यसैबीच दिवसको अवसरमा भरत चोकमा सौझ दीप प्रज्वलन गरिएको छ ।

दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले एड्सबाट ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली दिएका थिए । नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआईभी एड्सको सङ्क्रमण घटेको पाइएको छ ।

Leave a review