बारा : बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित गढीमाई मन्दिरमा मंसिर १ गते देखि जारी विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षीय मेलामा शनिबार देखि विशेष पूजा शुरु भएको छ।
गढीमाई मन्दिरका मुख्य पुजारी मंगल चौधरीले ब्रहममाई स्थानमा माताको वैदिक पूजा भएपछि तान्त्रिक पूजा भएपछि तान्त्रिक पूजा शुरु हुने बताए।
रौतहट सिमरीका झाक्री दुखन कछडियाको छोरा उमाशंकर कछडियाले नरबलीको रुपमा आफनो शरीरको विभिन्न स्थान बाट पांच थोपा रगत चढाएपछि दीप प्रज्वलित हुने गर्छन उनले भने।दीप प्रज्वलित भएपछि मात्र पञ्चबली शुरु हुने उनले जानकारी दिए ।
पञ्चबलीका रुपमा जंगली सेतो मुसा,बोका,भाले कुखुरा,सुगुर,राँगा बली दिएपछि मात्र राँगाको बली शुरु हुन्छ उनले भने । दीप प्रज्जवलीत भएपछि गढीमाई माता बरियारपुरमा प्रवेश गर्छिन भन्ने धार्मिक मान्यता रहेको छ।
मंसिर १ गते देखि जारी गढीमाई पञ्चवर्षीय मेलामा मंसिर २३ गते आइतबार राँगा र मंसिर २४ गते सोमबार बोकाको बलि दिइने कार्यक्रम रहेको छ। यता भाकल पुरा भएका नेपाल र भारतका भतःजनहरुले गढीमाई मन्दिरमा बली दिनका लागि राँगा र बोका ल्याउने क्रम जारी रहेको छ।
हजारौ भक्तजनहरुले गढीमाई मन्दिरमा परेवा उडाईरहेका छन्। मन्दिर गढीमाई परिसरमा रहेको रुख,विद्यालयको छत,खानेपानी टयांकी परेवाले भरिएको छ ।
भतःजनहरु अटोरिक्सा,पिकअप,जिप,कार,टयाक्टर,लोडर,साईकल,मोटरसाईकल लगायतको सवारी साधन लिएर गढीमाई पञ्चवर्षीय मेला भर्न आएका छन्। मेला भर्न आउने भक्तजनहरुको संख्या बढदै गएको छ।
मेला भर्नका लागि बारा,पर्सा,रौतहट,चितवन,मकवानपुर,धादिंङ्ग,गोर्खा,काठमाण्डौ लगायतका देशैभरीका भक्तजनहरु आएका छन्। भारतको रक्सौल,आदापुर,छौडादानो,मोतिहारी,कालकता,दिल्ली,मुम्बई लगायतको स्थानका भक्तजनहरु आएका छन्।
मेलामा आउने दर्शकहरुको लागि मौतकाकुवा,ठुलो झुलुवा,बोटिङ्ग,बैष्णोदेवी गुफा लगायतको ब्यवस्था गरिएको छ।
मेलामा आउने भक्तजनहरुको बसोबासका लागि बिभिन्न संघ संगठन तथा जिल्लाका पालिकाहरुले मेला स्थलमा शिवीर राखेका छन्। भक्तजनहरुको लागि निःशुल्क खानाको समेत ब्यवस्था गरिएको छ।

