सिमरा बिमान स्थलबाट लाममिछानेलाई लैजान प्रहरीलाई हम्मे हम्मे

रञ्जन यादव
289 पाठक संख्या

जीतपुर : पुर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सिमरा बिमान स्थलबाट वीरगञ्ज लैजान प्रहरीलाई हम्मे हम्मे परेको छ ।

सिमरा बिमान स्थलबाट लाममिछानेलाई लैजाने क्रममा उनको समर्थकहरुले बाटो छेकेर नाराबाजी गरेका थिए । हजारौँको संख्यामा रहेका समर्थकहरुले नाराबाजी गरी प्रहरीको गाडीलाई लैजान अवरोध सिर्जना गर्दा प्रहरीलाई लामिछानेलाई लग्न हम्मेहम्मे परेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीाट निर्वाचित प्रतिनिधि सभा सदस्य हरि ढकालले समर्थकहरुलाई हात जोडेर लामिछानेलाई लैजान दिन अनुरोध गर्दा पनि समर्थकहरु मानेका थिएन्न ।

पुर्ब गृहमन्त्री लामिछाने सवार गाडीलाई घेरेर अवरोध सिर्जना गरेका थिए । प्रहरी र राष्ट्रिय स्वतन्त्र पार्टीको नेताहरुको लामो प्रयास पछि लामिछानेलाई वीरगञ्ज लैजान प्रहरी लैजान सफल भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौं हुँदै वीरगञ्ज ल्याइएको हो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याएको जनाएको छ।

सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो।

Leave a review