तीनवटा जिल्लाका डिभिजन वन कार्यालयको बैठक,चोरी–तस्करी नियन्त्रणका लागि ठोस निर्णय

रञ्जन यादव
354 पाठक संख्या

जीतपुर : बारा,रौतहट र मकवानपुरका डिभिजन वन कार्यालयका अधिकारीहरूको संयुक्त बैठक बाराको सिमरामा विहीबार सम्पन्न भएको छ ।

बैठकले यी तीनवटै जिल्लाको चोरी–तस्करीको दृष्टिकोणले संबेदनशील वन क्षेत्रको पहिचान गरेको छ । बैठकमा वन क्षेत्रको सुरक्षा मजबुत बनाउन संयुक्त गस्ती सञ्चालन गर्ने,सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने र चोरी–तस्करी नियन्त्रणका लागि स्थलगत अनुगमन कार्यलाई प्राथमिकतामा राख्ने निर्णय गरिएको डिभिजन बन कार्यालय बाराका डिभिजन बन अधिकृत राजीव कुमार झाले जानकारी दिए ।

उनले डिभिजनल र सब–डिभिजन स्तरमा नियमित समन्वय बैठकको आवश्यकता औंल्याउँदै यसलाई नियमित रूपमा आयोजना गरिने समझदारी भएको बताए । बैठकले वन क्षेत्रको चोरी–तस्करी नियन्त्रणका लागि नयाँ रणनीतिहरू अवलम्बन गर्ने र सम्बन्धित निकायहरूबीच थप सहकार्य सुनिश्चित गर्ने योजना अघि सारेको जनाईएको छ ।

बैठकमा डिभिजन बन कार्यालय बाराका डिभिजन बन अधिकृत राजीव कुमार झा,डिभिजन बन कार्यालय रौतहटका डिभिजनल बन अधिकृत हेमन्त प्रसाद साह,डिभिजन बन कार्यालय मकवानपुरका डिभिजन बन अधिकृत राकेश प्रसाद चन्द्रबंशी र डिभिजन बन कार्यालय पर्साका डिभिजन बन अधिकृत मञ्जुर अहमद लगायतको उपस्थिती रहेको थियो ।

Leave a review

This will close in 0 seconds