नगर प्रमुख जयसवालद्वारा दुई विद्यालयलाई सामग्री हस्तान्तरण

साझेदारी दैनिक
297 पाठक संख्या

गरुडा : करण कुमार मिश्र/ रौतहटको गरुडा नगरपालिकाले पालिका अन्तरगतका दुई सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

नगरपालिकाले आईतवार एक कार्यक्रमको आयोजना गरेर नगरका दुई विद्यालयलाई आवश्यक पर्ने सामग्री हस्तान्तरण गरीएको हो ।

नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले पालिकाको वडा नम्बर ९ स्थित रहेको शहीद लालबाबु दास प्राथमिक विद्यालय सिस्वा धमौरालाई बेन्च–२० थान, बैग–१०० थान,कम्प्युटर टेबुल –२ थान,दराज –३ थान,एलईडी टिभी ५० ईन्चको १ थान,मिनी ट्रोली साउण्ड –१ थान,बोर्ड –२ थान,इन्भर्टर बैटरी –१ थान,इन्भर्टर चार्जर –१ थान,मैट १८ मिटर,कार्पेट –१५ मिटर लगायतको समाग्री प्रधानाध्यापक रञ्जिता दास लाई हस्तानतरण गरेका हुन ।

यसैगरी पालिकाको वडा नम्बर ५ स्थित ठेठरहियामा रहेको जनज्योती आधारभुत विद्यालयमा पनि आवश्यक पर्ने सामग्री सहयोग गरिएको नगर प्रमुख जयसवालले बताएकाछन ।

उनले शिक्षाको पहुँचबाट कुनैपनि बालबालिका विमुख नहुने वातावरण निर्माणका लागि सबैको साथ र सहयोग रहनुपर्ने भन्दै नगर प्रमुख जयसवालले शिक्षा क्षेत्रमा आगामी दिनमा बजेट तथा कार्यक्रमसमेत बढाउने बताएका छन ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा विधालयका प्रधानाध्यापक रञ्जिता दास,श्री मा.वि.नाया गम्हरिया श्रीपुर रौतहटका निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार दास तत्मा, शिक्षा शाखा प्रमुख सरोज गौतम श्रेष्ठ,कौशर खान मिथिला,संजय कुमार साह,लगायत स्थानीय पत्रकार समेतको उपस्थिति रहेको थियो ।

Leave a review