बारा : नव जन जागृती यूवा क्लब सिमराको छैठौं अधिवेशनले रामचन्द्र लामा अध्यक्ष रहने गरी १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ।
सिमरा रङ्गशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा आयोजित अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा सर्वसम्मत कार्य समिति चयन गरेको हो।
जीतपुर सिमरा गोल्डकपको आयोजक क्लवको नवगठित कार्य समितिको प्रथम उपाध्यक्षमा शंकर थापा,द्वितीय उपाध्यक्षमा राजदास श्रेष्ठ,महासचिवमा शम्भुसिंह ठकुरी,सचिवमा श्याम सुवेदी, कोषाध्यक्षमा शालीकराम अधिकारी चयन भएका छन्।
कार्य समिति सदस्यहरुमा सुधिरजङ्ग राणा,शरदचन्द्र भट्टराई,नवराज न्यौपाने,ईश्वर थपलीया,सन्तोष दाहाल,निराजन थापा,मनोज राई,विक्रम श्रेष्ठ,दिपक भट्टराई,रिता कँडेल र शेखर लामा सर्वसम्मत चयन भएका हुन्।
त्यस अघि क्लबको १७औं बार्षिक साधारण सभामा क्लबको संस्थागत तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ। साधारण सभाले विधान संसोधन लगायतका आवश्यक विषय सुझाव सहित पारित गरेको महासचिव शम्भुसिंह ठकुरीले साझेदारी दैनिकलाई जानकारी दिए।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा क्लबको बार्षिक साधारण सभा भएको हो। सो सभामा नेपाल तेक्वान्दो महासंघका मधेश प्रदेश महासचिव राजकुमार लामा,नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष शरदचन्द्र भट्टराई,क्लबका संरक्षक मुकुन्दबहादुर क्षेत्री,माओबादी नेता बेनीप्रसाद तिमल्सेना, नेपाली काँग्रेस जीतपुरसिमराका संस्थापक सभापति श्यामबाबु गुप्ता,इलाका प्रशासन कार्यालय सिमराका प्रमुख तेजराज शर्मा लगायतले सम्बोधन गर्दै क्लवले हासिल गरेको उपलव्धीबारे चर्चा गरेका थिए।

