बारा : राजेश कुशवाहा / बाराको कलैया उपमहानगरपालिका स्थित पावर हाउस बाट आपूर्ति हुने विधुतीय सेवा बिहीबार बिहान दश घण्टा अवरुद्ध भएको छ।
कलैया पावर हाउसमा आएका खराबीका कारण बिहीबार बिहान डेढ बजे देखि बिहीबार मध्यान्ह सवाँ १२ बजे सम्म विद्युत सेवा अवरुद्ध भएको नेपाल बिधुत प्राधिकरण कलैया बितरण केन्द्रले जनाएको छ।
पावर हाउसमा आएको खराबीले जिल्लाको कलैया उपमहानगरपालिका,महागढीमाई नगरपालिका,कोल्हवी नगरपालिका,देवताल गाउँपालिका र सुवर्ण गाउँपालिकाको विधुतीय सेवा अवरुद्ध भएको हो। विधुतीय सेवा अवरुद्ध भएपछि उपभोक्ताहरुलाई सास्ती भएको छ।

