रामनगर महोत्सवमा भोजपुरी लोकप्रिय गायिका विन्दु परियारको जोडदार प्रस्तुति

साझेदारी दैनिक
344 पाठक संख्या

सिमरा /बाराको जीतपुरसिमरा १७ रामनगरमा जारी प्रथम रामनगर सोनाम ल्होछार महोत्सवमा भोजपुरी लोकप्रिय गायिका विन्दु परियारले जोडदार प्रस्तुति गरेकी छिन ।

“राष्ट्रको शान,धर्म र संस्कृति हाम्रो पहिचान“ भन्ने मुख्य नाराका आयोजना भईरहेको रामनगर महोत्सवमा लोकप्रिय गायिका विन्दु परियारले महोत्सवको चौथो दिन बिहीबार साँझ बेजोड गायन सहित दर्शकहरुलाई झुमाएकी छिन ।

महोत्सवको पाँचौ दिन शुक्रवार साँझा लोकप्रिय गायिका सोनु कुस्मी, गायक गायक विस्वराम कार्की,गायक च्वायस दोङ र गायक विकास पाण्डेको जोडदार गायन तथा प्रस्तुति रहने आयोजकका संयोजक साजन दोङले जानकारी दिए ।

महोत्सव स्थानीय नेपाल तामाङ् घेदुङ वडा कार्यसमिति,रामनगर युथ क्लबको संयुक्त आयोजनामा भईरहेको छ ।

महोत्सवको व्यवस्थापन लालिगुराँस कृयशन मिडिया प्रालि,मिडिया पार्टनरमा साझेदारी राष्ट्रिय दैनिक,महोत्सवको संरक्षका जीतपुरसिमरा उपमहानगरपालिका र वडा नम्बर १७ को वडा कार्यालय रहेका छन ।

Leave a review