बारा : प्रहरीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्ज चोकमा एक माल बाहक ट्रक बाट लाखौको अबैध माल सामान बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्ज बाट काठमाण्डौँ तर्फ जाँदै गरेको ना ६ ख ८३०५ नम्बरको ट्रक बाट ४१ लख ८६ हजार तीन सय रुपैयाँ बराबरको अबैध माल सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीले उक्त ट्रकलाई रोकी चेकजाँच गर्दा वायर,टु व्हीलर टायर,प्लाईउल,जेल,एल.ई.डी लाईट,कपडा,चिनी लगायतका अन्य खुद्रा सामानहरू बरामद गरेको हो।बरामद भएको माल समान बिल भरपाई भन्दा बढी र सामानको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ ।
बरामद भएको माल समान सहित ट्रक लाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।


