बारा : प्रहरीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्ज चोकमा एक पिक अप बाट लाखौको अबैध माल सामान बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले बिरगंज बाट काठमाण्डौँ तर्फ जाँदै गरेको प्र.२–०३–००१ च ०७७५ नम्बरकोे पिक अप बाट रु.एक्काइस लाख चौरहत्तर हजार आठ सय रूपैया बराबरको अबैध माल सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीले उक्त पिकअपलाई रोकी जाँच गर्दा ब्रास अन्टेनशिल ४७ बोरा बरामद गरेको हो ।बरामद भएको माल समान बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ ।
बरामद भएको माल सामान सहित पिकअप लाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ।

