बारा :राजेश कुशवाहा/ बाराको कलैयामा बिहीबार देखि लागु औषध सुधार कार्यक्रम सम्बन्धी तीन दिने तालिम शुरु भएको छ ।
राईजिङ्ग नेपाल बाराको आयोजनामा कलैया उपमहानगरपालिकाको सहयोगमा उक्त तालिमको आयोजना गरिएको हो ।
उक्त तालिममा ७० जनाको सहभागिता रहेको छ । तालिममा सुमोद पौडेल,उषा किरण चौधरी,मुकुन्द बाबु चौधरी लगायतकाले प्रशिक्षण दिईरहेका छन ।
उक्त तालिमको उदघाटन एक कार्यक्रमका बीच कलैया उपमहानगरपालिकाका राजिव यादवले गरेका थिए।
तालिमको उदघाटन समारोहमा कलैया उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामबिशवास ठाकुर,सुधा शर्मा,मनोहर गिरी,अनिल मण्डल,समाजिक अभियान्ता प्रशान्त काफले, मदन लामा,शकुन्तला शर्मा लगायतको सहभागिता रहेको थियो ।
आयोजक संस्थाका रुपेश कुमार जयसवालको अध्यक्षतामा उक्त तालिमको उदघाटन समारोह सम्पन्न भएको हो ।
युवाहरुलाई कुलतबाट जोगाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो।

