बाराका अग्रज पत्रकार मेहता घाईते

साझेदारी दैनिक
326 पाठक संख्या

सिम्रौनगढ : बाराका अग्रज पत्रकार रामेशवर मेहता मोटरसाईकल दुर्घटनामा परी घाईते भएका छन ।

सिम्रौनगढ निवासी पत्रकार मेहता आईतबार रौतहटको मौलापुरबाट बाराको सिम्रौनगढ घरतर्फ आउने क्रममा मोटरसाईकल दुर्घटनामा परी घाईते भएका हुन।

उनको अनुहार र आँखामा चोट लागेको छ । उनको उपचार मौलापुर स्थित स्वास्थ्य संस्थामा गरिएको थियो । त्यसपश्चात आईबार साँझबाट उनको उपचार सिम्रौनगढ स्थित निजी स्वास्थ्य सस्थामा भईरहेको छ ।

पत्रकार मेहता ग्रामिण क्षेत्रबाट लामो समयदेखी पत्रकारीता क्षेत्रमा सकृय छन । उनी भोजपुरी साहित्यमा पनि उतिकै दखल राख्दछन ।

Leave a review

This will close in 0 seconds