करैयामाई गाउँपालिकाले सामूहिक विवाह कार्यक्रम आयोजना गर्ने

साझेदारी दैनिक
392 पाठक संख्या

बारा : बाराको करैयामाई गाउँपालिकाले पालिकाभित्रका असहाय/गरिब/दलित समुदायको बेहुलीका लागि अगामी बैशाख ११ गते बिहीबार सामूहिक विवाह कार्यक्रम आयोजना गर्ने भएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतोले सोमबार एक सार्वजनिक सूचना जारी गरी उक्त कार्यक्रमको लागि ईच्छुक व्यक्ति/अभिभावकले गाउँपालिकाको प्रशासन शाखामा निवेदन पेश गर्न अनुरोध गरेका छन् ।

करैयामाई गाउँपालिकाको १५ औ गाउँ सभाबाट स्वीकृत कार्यक्रम तथा मिति २०८१/१०/१५ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार पालिकाले सामूहिक विवाह कार्यक्रम आयोजना गर्न लागेको हो।

हरेक विवाह गर्ने जोडीलाई वैदिक परम्पराको बिधि बिधान अनुसार विवाह सम्पन्न गरिने छ। बेहुला/बेहुलीको कपडा तथा अन्य समाग्रीहरुको ब्यवस्था गाउँपालिकाले गर्ने जनाईएको छ।

विवाह कार्यक्रमका क्रममा सम्पूर्ण ब्यवस्थापन गाउँपालिकाले गर्ने छ।विवाह कार्यक्रममा बेहुला/बेहुलीको तर्फ बाट बढीमा २०–२० जना मात्र सहभागि हुनुपर्ने छ।

विवाह हुने बेहुला/बेहुली मध्ये बेहुली अनिवार्य रुपमा गाउँपालिकाको बासिन्दा हुनुपर्ने छ ।विवाह हुने बेहुला/बेहुलीको उमेर हद २० बर्ष पुगेको हुनुपर्ने छ ।

विवाह हुने बेहुला/बेहुलीको नागरिकता वा जन्मदर्ता र अभिभावको नागरिकताको प्रतिलिपी सहित पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

Leave a review

This will close in 0 seconds