कोल्हवी । धीरेन्द्र पनुहर /तामागढि साझेदारी वन कोल्हवीमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।
तामागढी साझेदारी बन उपभोक्ता समूह र सब डिभिजन वन कार्यालय कोल्हवी २ पुरानो काटाको आयोजनामा सोमबार एक कार्यक्रमको बिच होलि मिलन कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा भरत बहादुर भण्डारी,तपेश्वर राय थारु उपमेयर लक्ष्मी कुमारी चौधरी लगायतले होलि पर्वको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा वक्ताहरुले जङ्गल के को लागि ? जङ्गलको आवश्यकता किन पर्दछ ? जङ्गल बिनासलाई कसरी रोक्न सकिन्छ,साझेदारी बन उपभोक्ता समुदायको काम कर्तव्यको बारेमा समेत आफ्नो धारना राख्नु भएको थियो ।
तामागढी साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष रबिन्द्र पनुहरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा कोल्हवी नगरपालिकाकि उपप्रमुख लक्ष्मी कुमारी चौधरी,निवर्तमान मेयर भरत बहादुर भण्डारी,वडा न २ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारी, ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी समाजसेवि तपेश्वर राय थारु, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रतिनिधि लाल कुमार यादव,सशस्त्र प्रहरी बल कोल्हबीका प्रमुख सुरेश घलान,तामागढी जडिबुटी प्रशोधन लिमिटेडका प्रमुख प्रबिन आचार्य,तामागढी साझेदारी बनका कैलास बिक,जगदेव चौधरी,सुरेन्द्र चौधरी,कृष्ण पटेल , गजिन्द्र यादव,लालबहादुर साह कानु,शोशिला देवि कुशवाहा,धनधारी राय यादव लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य गजेन्द्र यादवले राख्नु भएको थियो भने सहजीकरण उमेश चौधरीले गर्नु भएको थियो ।


