कलैया : प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २ कदम चोक बाट सोमबार बेलुकी श्रोत नखुलेको रकम सहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको एकडारा कोल्हुवा टोल बस्ने २४ वर्षीय सुरज मण्डल,उनको २७ वर्षीय दाई दिपककुमार मण्डल,सर्लाही ब्रहमपुरी टोल बस्ने १८ वर्षीय अरुणकुमार साह,धनुषा जनकपुर उपमहानगरपालिका १२ कुवारामपुर बस्ने ३३ वर्षीय गोबिन्द कुमार खत्वे रहेको मधेश प्रदेश प्रहरी गण धनुषाका प्रवक्ता एवम सूचना अधिकारी बरिष्ठ प्रहरी उपरिक्षक शान्तिराज कोईरालाले जानकारी दिएका छन्।
उनीहरुको साथबाट श्रोत नखुलेको नौ लाख ६८ हजार एक सय २० रुपैया बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा बाट खटिृएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा मधेश प्रदेश ०२ – ००७ प ८०७७ नम्बरको मोटरसाईकललाई जाँच गर्ने क्रममा मोटरसाईकल चालक शिव कुमार साहलाई श्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो।
उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त रकम धनुषा जनकपुर उपमहानगरपालिका १० देवी चोकमा डेरा गरी बस्ने उनीहरुको संलग्नता खुल्न आएको प्रहरीले जनाएको छ।
उक्त स्थानमा पुगी खानतलाशी गर्दा मोबाईल पाच थान,बिभिन्न बैकहरुको नगद जम्मा गरेको बैक भौचर १५० थान,चेकबुक,पासपोट ३ थान,श्रोत नखुलेको रु अस्सी हजार एक सय बिस रुपैया गरी जम्मा रु ९ लाख ६८ हजार एक सय २० रुपैयाँ बरामद गरिएको गरिएको हो। उनीहरु माथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


