वीरगन्ज : होली पर्बमा इच्छा एवं स्वीकृति वेगर गैर कानूनी एवं अमर्यादित व्यवहार गरे पर्सा जिल्लामा कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार विज्ञप्ती जारी गर्दै सभ्य एवम् मर्यादित रुपमा होलि मनाउन अनुरोध गर्दै होली पर्बको शुभकामना सन्देश जारी गरेको छ ।
होली पर्व मनाउने क्रममा इच्छा विपरित रंग छ्याप्ने,जथाभावी अबिर फाल्ने,हो–हल्ला गर्ने गराउने,लोला हान्ने,जवरजस्ती अमर्यादित वा उच्श्रृंखल किसिमका व्यवहार गर्ने जस्ता कार्य नगर्न नगराउन प्रशासनले अपिल गरेको छ ।
यस्ता कार्यहरु प्रचलित कानून विपरित भएकोले सामाजिक र साँस्कृतिक मर्यादा विपरितका यस्ता कार्य तथा व्यवहारहरु कोही कसैले नगर्नु नगराउनु हुन पनि प्रशासनले अनुरोध गरेको छ ।
अनुशासित,मर्यादित तथा व्यवस्थित तवरले होली पर्व मनाउनु हुन तथा कोही कसैको इच्छा एवं स्वीकृति वेगर गैर कानूनी एवं अमर्यादित व्यवहार गरे गराएमा प्रचलित कानून वमोजिम कारवाही हुने समेत जिल्ला प्रशासनले जानकारी दिएको छ ।
यसैगरी प्रशासन कार्यालयले सर्वसाधारणको दैनिकी प्रभावित हुने गरी चर्को आवाजमा डिजे बजाउने कार्य नगर्नु÷नगराउनु हुन समेत सम्बन्धित सबैमा हार्दिक अपिल गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताएका छन

