वडा अध्यक्ष अन्सारीद्वारा तालाबन्दी,प्रहरी हस्तक्षेप

साझेदारी दैनिक
469 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष मुस्तीकम अंसारीले उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।

उनी सोलार प्लान्टको सिफारिस सम्बन्धी विवादका कारण आक्रोशित बनेका थिए।चार महिनादेखि सोलार प्लान्टको सिफारिस रोकिरहेका वडा अध्यक्ष अंसारीले सोमबार स्थानीयबासीको साथमा उपमहानगरपालिकाको मूल गेटमा ताला लगाएका थिए।

तालाबन्दीपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) सुभद्रा वाइबाको नेतृत्वमा आएको टोलीले वडा अध्यक्ष अंसारीसहित केही स्थानीयलाई नियन्त्रणमा लिएको थियो।घटनापछि प्रहरीले वार्ता गरी वडा अध्यक्ष अंसारीलाई यस्ता गतिविधि नदोहो-याउने सर्तमा केही घण्टापछि रिहा गरेको छ।

Leave a review