अग्नि नियन्त्रण तथा ग्यास सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम

रञ्जन यादव
435 पाठक संख्या

जीतपुर : बाराको पिलुवा स्थित ग्यास वान नेपाल प्रा.लि.को आयोजनामा अग्नि नियन्त्रण तालिम तथा एल.पी. ग्यास सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ स्थित उद्योगमा गरिएको कार्यक्रमको उद्देश्य आगलागी नियन्त्रणका उपायहरूबारे जानकारी दिने तथा एल.पी. ग्यासको सुरक्षित प्रयोग सुनिश्चित गर्ने रहेको थियो ।

कार्यक्रममा अग्नि सुरक्षा विज्ञहरू तथा प्राविधिकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई ग्यास चुहावटका कारण हुन सक्ने जोखिम,आगलागीको प्रारम्भिक नियन्त्रण उपाय र ग्यास सिलिन्डरको सही प्रयोगबारे जानकारी दिइएकोे ग्यास वान नेपाल प्रा.लि.का प्रबन्धक सरोजराज ढकालले जानकारी दिए ।

सो अवसरमा आगलागी हुँदा अपनाउनुपर्ने प्राथमिक उपचार तथा उद्धार विधिहरूको समेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रमा उपस्थित भएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ का वडा अध्यक्ष हरिदेव खरेलले ग्यास वान नेपाल प्रा.लि.को यस्तो नचेतनामूलक कार्यक्रमले समुदायले ग्यासबाट हुने आगलागिलाई नियन्त्रणमा महत्वपुर्ण भुमिका खेल्ने बिश्वास ब्यक्त गरेका छन ।

उद्योगले यहाँको स्थानीयलाई रोजगारी दिनुको साथै बजारको भन्दा कम मुल्यमा ग्यास सिलिन्डर वडाबासीलाई प्रदान गर्नु खुसीको कुरा भएको उनले बताए । उद्योगका प्रबन्ध निर्देशक हिदेकी फुकेईयको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय बासिन्दा तथा ग्यास प्रयोगकर्ता,बिद्यार्थी र सुरक्षाकर्मीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

सुरक्षित ग्यास प्रयोगलाई प्रवद्र्धन गर्दै आगलागी नियन्त्रण तथा व्यवस्थापनमा सचेतना जगाउने लक्ष्यसहित कार्यक्रम सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ।

Leave a review