कलैया : बारामा माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्र्तगत शुक्रबार भएको नेपाली बिषयको परिक्षामा सम्पन्न भएको छ ।
नेपाली बिषयको परिक्षामा बाराका ८ हजार ७ सय १३ जना परिक्षार्थी सहभागि भएका छन । जसमा ४ हजार ३५९ जना छात्रा र ४ हजार ३५४ जना छात्र रहेको शिक्षा बिकास तथा समन्वय ईकाई बाराले जानकारी दिएको छ । परिक्षामा ३८५ जना छात्रा र ५८८ जना छात्र गरी जम्मा ९७३ जना परिक्षार्थी अनुपस्थित भएका छन ।
परिक्षामा प्राबिधिक धार तर्फ १२९ छात्रा र २४७ जना छात्र गरी जम्मा ३७६ जना उपस्थित भएका छन भने २६ छात्रा र ६१ छात्र गरी कुल ८७ जना अनुपस्थित रहेका छन ।
एसईइ परिक्षामा दृष्टीबिहीन छात्रा दुई र एक जना छात्र गरी तीन जना उपस्थित भएका छन भने अन्य अपाङ्गता छात्रा एक र छात्र एक गरी दुई जना परिक्षामा उपस्थित भएको कार्यालयले जनाएको छ ।
बारामा ४२ वटै परीक्षा केन्द्रहरुमा एसईइ परिक्षा संचालन भईरहेको छ । परीक्षा मर्यादित बनाउन केन्द्राध्यक्षलाई कडा निर्देशन दिईएको सहायक प्रजिअ भट्राईले जनाएका छन ।
परिक्षालाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मूल अनुगमन समितिसहित १३ उप अनुगमन समिति गठन गरि १४ वटा अनुगमन समितिले जिल्लाभरका परिक्षा केन्द्रहरुमा अनुगमन गरिरहेका छन ।


