अजब गजबको शैक्षिक यात्रा महागढीमाईको,प्रावि करारको शिक्षक माविको हेडमास्टर

साझेदारी दैनिक
699 पाठक संख्या

कलैया : अजब गजबको शैक्षिक यात्रा महागढीमाई नगरपालिकाको देखिएको छ। शिक्षा क्षेत्रलाई उन्नति प्रगतिको बाटोमा हिडाउने उत्कृष्ट तरिका बाराको महागढीमाई नगरपालिकामा देखिएको छ।

यहाँ प्रावि करारको शिक्षकलाई प्रधानाध्यापक बनाएर विद्यालय संचालन गरिरहेको पाईएको छ । महागढीमाई नगरपालिका ५ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बगडमपुरमा प्रावि करारको शिक्षक सरोज पासवानलाई प्रधान अध्यापक बनाइएको पाइएको छ।

शिक्षाको गुणस्तर सुधार गर्न स्थानीय तहहरु लागिपरेको भनिएता पनि प्रावि करारका शिक्षक सरोज पासवानलाई नगरपालिकाको शिक्षा शाखाले प्रधानाध्यापक बनाएरर अनियमितता गरिरहेको आरोप स्थानीय नागरिकको रहेको छ ।

प्रधानाध्यापक पासवानले नियम विपरीत बालबिकास शिक्षिकाको विज्ञापन गरेर आफ्नो मान्छेलाई नियूक्ति गर्न लागेको समेत आरोप रहेको छ। प्रधानाध्यापक पासवानले विद्यार्थीहरुको खाजा,कम्प्यूटर ल्याबमा अनियमितता गरेको आरोप समेत रहेको छ।

प्रधानाध्यापक पासवानले आफ्ना दाई मनोज पासवानलाई हाजिरी गरेको भरमा तलब खुवाउने गरेको समेत स्थानीयहरु बताउँछन्। विद्यालयमा राहत कोटाबाट नियूक्त भएका मनोज पासवान दैनिक पढाउन नआउने गरेको समेत अभिभावकहरुको आरोप रहेको छ ।

शिक्षक मनोज पासवान हप्तामा एकदिन आएर हप्ताभरीको हाजिरी बनाएर घर जाने गरेको विद्यार्थिहरु बताउँछन्।

यता विद्यालयका प्रधानाध्यापक सरोज पासवानले भने सबै आरोपहरु निराधार रहेको बताउदै हिनामिना नभएको र मनोज पासवान पनि दैनिक रुपमा विद्यालय आउने गरेको दावि गरेका छन्।

महागढीमाई नगरपालिकाका शिक्षा शाखाका प्रमुख रामविश्वास चौरसियाले बगडमपुर स्कुलमा तत्कालको समयमा मावि शिक्षकको दरबन्दी नरहेको अवस्थामा सरोज पासवानलाई जेष्ठताको आधारमा प्रधानाध्यापक बनाएको जनाएका छन्।

नयाँ शैक्षिक वर्षदेखि मावि शिक्षकलाई प्रधानाध्यापक बनाउने तयारी गरिएको उनले जनाए। विद्यालयमा पहिलादेखि नै प्रावि स्थायी शिक्षक र राहतका शिक्षक उनीभन्दा जेष्ठ रहेको फेला परेको छ।

राहत कोटामा प्रधानाध्यापक सरोज पासवानका दाई मनोज पासवानको नियुक्ति उनी भन्दा पहिला भएको स्थानीयको दावि छ।

Leave a review

This will close in 0 seconds