Sajhedari Daily
Latest News from Nepal

ठोरीमा प्रहरी र लागुऔषध तस्कर समूहबिच फायरिङ्ग

Top Aside Banner

पर्साको ठोरी गाउँपालिकामा प्रहरी र हतियारधारी लागुऔषध तस्कर समूहबिच झडप हुदा दुबैतर्फबाट गोली चलेको छ ।
प्रहरी र लागुऔषध तस्करहरुको बीचमा ठोरी गाउँपालिका ४ बिजयबस्ती नजिकै झडप हुदा गोली चलेको हो । अबैध लागू औषध गाजाको तस्करी भईरहेके सुचना पाएपछि ठोरीका प्रहरी निरीक्षक अशोककुमार साहको नेतृत्वमा खटेको प्रहरी टोली सो क्षेत्रमा परिचालन गरिएको थियो ।

तस्करहरुको समुहले प्रहरीलाई नै लक्षित गरेर गोली चलाएपछि प्रहरीले पनि जवाफी कारवाही स्वरुप दुई राउण्ड फायर गरेको प्रहरी निरिक्षक साहले बताएका छन । प्रहरीले तस्कर समुहका चारजनालाई नियन्त्रणमा पनि लिन सफल भएको प्रहरी निरिक्षक साहले जानकारी दिए ।

पक्राउ परेका चारै जना ठोरी गाउँपालिका ४ विशाल चोकका रहेका प्रहरीले जनाएको छ । चारै जना तस्करहरुको साथबाट प्रहरीले चार राउन्ड गोलि र एकथान भरुवा बन्दुक समेत बरामद गरेको छ । चारै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ ।