जीतपुर : नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाई.सि.एल) नेपालको जीतपुरसिमरा उपमहानगर समिति अन्तर्गत दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ।
सम्मेलनबाट प्रदीप लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसहमत रूपमा चयन गरिएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा प्रदीप लामिछाने चयन भएका छन् भने उपाध्यक्षहरूमा . राजन थिङ,बिमा कुमारी वाइबा र संजय राम चयन भएका छन् ।
यसैगरी सचिवमा सुनिल थापा रहनुभएको छ भने उपसचिवमा उमर हसन मंसुरी,सुसान्त तमाङ्ग र सुकुमाया बि.क.चयन भएका छन्।कोषाध्यक्षमा भने .योगेन्द्र चौधरी चयन हुनुभएको छ ।यस नयाँ कार्यसमिति ५५ सदस्यीय संरचनामा गठन गरिएको योङ्ग कम्युनिस्ट लिग (वाई.सि.एल) का बारा जिल्ला ईन्चार्ज रुकु पाख्रिनले जानकारी दिईन् ।
सम्मेलनमा बिभिन्न पार्टी परित्याग गरी करिब १ सय जना युवाहरु वाई.सि.एल.मा प्रबेश गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि ने.क.पा . माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बारा जिल्ला ईन्चार्ज अनिल श्रेष्ठले खाँदा र टिका लगाएर वाई.सि.एल.मा प्रबेश गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले अनुशासन नै पार्टिको गहना भएकाले अनुशासन बिहिन पार्टीको नेता तथा कार्यकर्ता पार्टीको लागि घातक हुने बताए । अनुशासन उल्लघन गरेर अरु पाटिमा जानेको दयनिय अवस्था सारा दुनियाले देखिसकेको बताए । प्रतिभावान ब्यक्ति सानो गाउँठाउँमा जन्मेको भएपनि उसले समाजमा तथा देशलाई पुरयाएको योग्दानले पुरा बिश्वले चिनेको उदाहरण प्रस्तुत गरे ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य सोनालाल साह,बैकल्पिक केन्द्रिय सदस्य राजन पौडेल,शिला खनाल,वाई.सि.एल.का केन्द्रिय बरिष्ठ उपाध्यक्ष केशर जंग कुवर,वाई.सि.एल.का केन्द्रिय सदस्य तथा बारा जिल्ला ईञ्चार्ज रुकु पाख्रिन, माओवादी केन्द्र जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल,माओवादी केन्द्र कलैया उपमहानगर कमिटी अध्यक्ष मुकेश साह,स्थानीय नेता भरत भण्डारी लगायतको सहभागिता रहेको थियो ।


